बारा पर्साको आँधी पिडितलाई वाई.सि.एल. नेपाल ताप्लेजुङको आर्थिक सहयोग

काठमाडौं फाल्गुन / पुर्व नेकपा माओवादीको सहायक संगठन वाईसीएल नेपाल जिल्ला संगठन समिती ताप्लेजुङ्ले गएको चैत्र १७ गते तराईको बारा र पर्सा ज़िल्लामा हावाहूरीबाट पिडितको लागि आर्थिक संकलन गरि सहयोग गरेको छ ।

पूर्व वाईसीएल नेपालका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज मुक्ती लिम्बुको सकृयतामा उक्त रकम सङ्कलन गरिएको हो । आज संकलित रकम १२ हजार रुपैया आज नै पठाइएको र सङ्कलन जारी रहेकोले बाकी रकम २,३ दिन पछि पठाउने जिल्ला ईन्चार्ज मुक्ती लिम्बुले जानकारी दिनु भयो ।

बिनासकारी हावाहुरिबाट ठूलो जन धनको क्षती भएको छ , उक्त घटनामा २७ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाईते भएका छन । उक्त दुखद घड़ीमा वाईसिएल नेपाल ज़िल्ला कमिटी ताप्लेजुङले तत्काल सहयोग स्वरुप निम्न पदाधिकारी वा सहयोगी व्यक्तिबाट आर्थिक संकलन गरी पठाएको छ ।
मुक्ति लिम्बु रु ५०००
निरोज लिबाङ रु १०००
विकेश लोङ्वा लिम्बु रु १०००
धनजीत लिम्बु रु १०००
अनिल थलङ रु १०००
राजेश तामाङ रु १०००
निर्मल तामाङ रु १०००
याम लिम्बु रु १०००


प्रतिक्रिया दिनुहोस्