पार्टी शभापतीलाई घेराबन्दी गरेर पार्टी बलियो बनाउछु भन्ने कुरा बन्द गरौ: शाह

काठमाडौं २१ चैत्र / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जिल्ला सभापतिहरुले गरेको काठमाडौं भेलाको बारे टिप्पणी गर्दै पार्टी सभापतीलाई घेराबन्दी गरेर पार्टी बलियो बनाउछु भन्ने जग हँसाई बन्द गर्नुपर्ने बताएका छन।

शाहले कांग्रेस जिल्ला पार्टी सभापतिहरुलाई तपाईले नेतृत्व गरेको जिल्लामा कति स्थानीय , संघ र प्रदेश निर्वाचन जिताउनु भयो भनेर प्रश्न गरेका छन। देउवा निकट मानिने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष शाहले बिहीवार आफ्नो सामाजिक संजल फेस्बुक मार्फत जिल्ला सभापतिहरुले अहिलेसम्म आउदा निर्वाचन समिक्षा गर्नु भयो कि नाई भनेर पनि प्रश्न गरेका छन। उनले स्थानीय र संघ निर्वाचनको रिजल्ट पछि पार्टी सुधारका लागि हरेक जिल्लाले के गरे भनेर पनि प्रश्न गरेका छन। यस्तो थियो शाहको जिल्ला सभापतिहरुलाई प्रश्न

जिल्ला सभापती ज्यूहरू ,
जय नेपाल

तपाईहरूको ज़बरजस्त जमघटको सफलताको शुभकामना
– तपाईहरू संग आम कांग्रेस कार्यकर्ताहरूका केही जिज्ञासाहरू छन ति जिज्ञासाको उत्तर पनि यो भेलामा खोज्नु होला भन्ने अपेक्षा छ ।

  • गत निर्बाचनमा तपाईले नेतृत्व गरेको जिल्लामा कति स्थानीय , संघ र प्रदेश निर्वाचन जिताउनु भयो ? अली मेहनत गरेको भए रु वाँ केहि आन्तरिक समस्या मिलाएको भए रिज़ल्ट अली राम्रो आऊँन सक्थ्यो होला रु ज़िल्ला पार्टीको सबै पक्ष राखेर समीक्षा गर्नु भयो ?
  • स्थानीय र संघ निर्वाचनको रिज़ल्ट पछि पार्टी सुधारका लागी के के योजना र कार्यक्रम संचालन गर्नु भयो रु कतिवटा बैठक राखनु भयो रु ज़िल्लामा सबै पार्टीपंती एकजुट बनाएर परिचालन गर्नु भएको छ ?
  • कांग्रेसको सबै भन्दा ठुलो समस्या गुटबन्दी हो जसका कारण पार्टी एकढीक्का भएर परिचालन हुदैन १ आफनो जिल्लामा आफु संग असहमत पक्षसंग कतिको छलफल परामर्श र सहकार्य गर्ने गर्नु भएको छ रु
  • भात्री तथा शूभेच्छुक संस्थाहरूको अवस्था के छ रु सबै भात्री संस्थाका गाऊँ नगर वार्ड समितिहरू बनाउनु भएको छ रु पार्टीको लक्ष निर्धारण सहित ति भात्री संस्थाहरूलाई बैठक बोलाएर छलफल परामर्श संगठन निर्माण र मिशन सहित परिचालन गर्नु भएको छ रु
  • २०७२ भूकम्पको बेला नुवाक़ोट जिल्लामा पार्टीको आंतरिक़ झगड़ाका कारण अर्का पक्षलाई समाप्त गर्न ग़लत प्रचारबाज़ी गरेर नुवाक़ोटको ब्यक्ति पार्टी मात्र होईन देशभरको कांग्रेसलाई बदनाम ग़राइयो १ जस्तापाता काण्डका रुपले त्यो कुख्यात हुन पुग्यो त्यसको सत्यतथ्य पनि ठमेल बैठकमा खोज्नु होला १
  • आगामी निर्वाचनमा आफनो ज़िल्लामा कांग्रेसलाई जिताउन के के विकाश निर्माण , रोज़गारी , सामाजिक , धार्मिक , पर्यटकिय मुद्दाहरू पहिचान गर्नु भएको छ रु गत निर्वाचनमा क़ुन क़ुन तह कति मतले पराजित भएको थियो त्यसलाई जीतहासिल गर्न छलफल , परामर्श र योजना निर्माण गर्नु भएको छ रु
  • पहिले आफुले गर्नु पर्ने काम र ज़िम्मेवारीको समीक्षा गर्नुस १ लड़ाई भित्र होईन बाहिर छ १ आँखा खोलेर हेर्नुहोस १ अहिले पार्टीमा आन्तरिक झगड़ा होईन एकताको खाँचों छ १ तिललाई पहाड़ बनाउने काम नगर्नुहोस १
  • घर जलाएर खरानी ताप्ने प्रबृतिको अन्त गर्नुस १ जो अगूवा ऊहि बाटो हगुवा जस्तो नगरौ १ पार्टी शभापतीलाई घेराबन्दी गरेर पार्टी बलियो बनाउछु भन्ने जग हँसाई बन्द गरौ १ हार्दिकता सहितको आंतरिक एकता र आत्म अनुशासन सहितको सहकार्यको अठोट बोकेर ज़िल्ला फर्कीनुस १ सफलताको शुभकामना ११

प्रतिक्रिया दिनुहोस्