ताप्लेजुङमा अमेरीकी चिकित्सकहरुले तिन हप्ता सम्म स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाण्डौ २२ गते । ताप्लेजुङ समाज नेपालको बिशेष समन्वय पहलमा संयुक्त राज्य अमेरीकाको वेस्ट भर्जिनीया युनिभर्सिटी हस्पीटलका चार जना चिकित्सकहरुले ताप्लेजुङमा
बसी स्वास्थ्य उपचार गर्ने भएका छन ।

सदरमुकाममा रहेको जिल्ला अस्पताल तथा सदरमुकाम बाहिरको ढुंगेसाँघु उप–स्वास्थ्य चौकी, खोक्लीङ उप–स्वास्थ्य चौकी र सिनाम उप–स्वास्थ्य चौकीमा करिब तिन हप्ता सम्म बसी स्वास्थ्य उपचार गर्ने भएका छन ।

ताप्लेजुङ जिल्लामा माननीय योगेश भट्टराईको पहलबाट गत कार्तिक महिनामा बृहत स्वास्थ्य सिवीर सन्चालन भएको कुरा थाहा पाए पछि अमेरिकाबाट नेपाल आइ स्वास्थ्य सेवा प्रदान गर्न उत्साहित भएका अमेरिकी चिकित्सहरुले अमेरिकामै रहेका खोक्लिङ निवासी प्रभु अधिकारीका छोरी ज्वाई सिरीष श्रेष्ठ र सुम्नीमा अधिकारी मार्फत ताप्लेजुङ समाज नेपाललाई समन्वय सहयोग गर्न अनुरोध गरेका थिए ।

त्यसपछि ताप्लेजुङ समाज नेपालले उनिहरुको लागी आवस्यक कागाजी प्रक्रियाको ब्यवस्थापन तथा जिल्ला अस्पताल र अन्य सरकारी निकायहरुसंग समन्वय गर्ने काम गरेको थियो । चिकित्सकहरु आज चैत्र २२ गते ताप्लेजुङ समाज नेपालको काठमाण्डौ धुम्बाराही स्थीत केन्द्रीय कार्यालयमा आएर समाजका पदाधिकारीहरुसंग भेटघाट गरी स्वास्थ्य सेवाको क्षेत्रमा ताप्लेजुङ जिल्लाको अवस्था र समाजको भावी कार्ययोजनाको बिषयमा छलफल गरेकाछन ।

उनिहरुले आजै बिहान माननीय योगेश भट्टराईसंग पनि औपचारिक भेटघाट गरेका छन । समाजका महासचिव अग्नी पौडेलले बताउनु भए अनुसार चिकित्सकहरु चैत्र २३ गते काठमाण्डौबाट ताप्लेजुङ प्रस्थान गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्