ताप्लेजुङ समाजको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा

काठमाडौं / ताप्लेजुङ समाज नेपालको आयोजना र घुन्सा फाउण्डेसनको सहआयोजनामा हुन गईरहेको वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ ।

वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसगै सस्थाको सदस्यता वितरण,क्यालेण्डर वितरण पनि हुने महासचिव अग्नि पौडेलले बताए । विशिष्ठ संरक्षक,संरक्षक,आजिवन सदस्य,साधारण सदस्य गरेर पहिलो चरणमा १००० को हाराहारीमा सदस्यता वितरण गर्न लागिएको महासचिव पौडेलले जानकारी दिएका छन् ।

यो संस्था बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना भएको र यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासीहरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण योजनाहरु अगाडी बढाईरहेको र त्यसैको निरन्तरतामा यो कार्यक्रम पनि आयोजना गरिएको संयोजक बरालले बताएका छन् ।

कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउन बिभिन्न उपसमितिहरु साथै ८ ओटा गाँउपालिका र एक नगरपालिकाको छुटटा छुटै उपसमितीहरु निर्माण भएको जनाइएकोे छ । रक्तदान कार्यक्रम नेपालको अहिले सम्मकै धेरै सख्याले गर्ने बताइएको छ ।

हजारौं जिल्लावासीको उपस्थितीमा राष्ट्रिय स्तरका कलाकारहरुको वृहत सांस्कृतिक कार्यक्रम सहित वृहत रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न हुने कार्यक्रम संयोजक रमेश बरालले जानकारी दिएका छन् ।

यस संस्थाको पहिलो योजना अन्र्र्तगत ताप्लेजुङ भवन निर्माण गर्ने,कुम्भकर्ण आपतकालिन कोष स्थापना गर्ने,पाथीभरा अक्षयकोष स्थापना गर्ने,कञ्चनजङघा लगानी सहजीकरण समूह स्थापना गर्ने र सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम स्थापना गर्ने लगाएतकका कार्यक्रमहरुको घोषणा गरेको थियो ।

त्यसैगरि समाजले ताप्लेजुङमा अहिले सम्मकै ठुलो संख्यामा छात्रबृति प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभारा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसका स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत ७५ जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने भएको हो ।

यो छात्रबृती बिद्यार्थीहरुलाई अध्ययनमा प्रोत्सहानको लागि बितरण गरिएको संस्थाका महसचिव अग्नी पौडेलले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्