ताप्लेजुङ वाइसिएल द्धरा तराईका हावा हुरी पीडितलाई ५० हजार सहयोग


काठमाडौं / ताप्लेजुङ जिल्लाका वाइसिएल सम्बद्ध युवा र वडाध्यक्ष जीतेन चेमजोङको संयुक्त प्रयासमा हावाहुरी पीडितलाई ५० हजार नगद राहत रकम प्रदान गरेका छन् ।

वाइसिएल नगर इन्चार्ज विनोद भारती नेतृत्वको टिमले संकलन गरेको ५० हजार सहयोग रकम आज एक कार्यक्रमकाबीच वाइसिएल नेपालका केन्द्रिय अध्यक्ष तथा नेकपा केन्द्रिय सदस्य रामप्रसाद सापकोटा ”दिपशिखा’लाई वाइसिएल ताप्लेजुङ जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य राजन लिम्बु (मुक्ति)ले हस्तान्त्रण गरेका छन् ।

हावाहुरी आएलगत्तै वाइसिएल अध्यक्ष दिपशिखाको नेतृत्वमा वाइसिएल पदाधिकारी टिम नै बारा पुगेर राहत बाँडेको थियो । पीडित परिवारलाई प्रति घर २५ केजी चामल, ५ केजी दाल, नुन एक प्याकेट, झुल र एउटा त्रिपाल नेकपा अध्यक्ष प्रचण्डको हातबाट वितरण गरेको थियो ।

फुङलिङ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष चेमजोङ पूर्वमाओवादीबा निर्वाचित वडा अध्यक्ष समेत हुन् ,भने विनोद भारती वाइसिएल नगर इन्चार्ज हुन् । यसअधि वाइसिएल ताप्लेजुङ जिल्ला समितिले तत्काल राहत स्वरुप प्रदेश १ मारफत रु १२००० अर्थिक सहयोग गरिएको थियो ।

भने दोस्रो पटक फुृृङलिङ वडाधक्ष क. जितेन लिम्बू तथा वाइसिएल नगर ईन्चार्ज एवं जिल्ला कमिटि सदस्य क, बिनोद भारति लगाएतको सक्रियतामा रु ५०००० गरि जम्मा रु ६२००० सहयोग वितरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्