च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा – पेपे

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आज पोर्चुगिज क्लब पार्टोले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ ।

रियल मड्रिडका पूर्वडिफेन्डरसमेत रहेका पेपेले आफूले तीनपटक च्याम्पियन्स लिग जितिसकेको बताउँदै यस पटकको उपाधि चौथो हुने बताएका छन् । ३६ वर्षीय पेपे रियल मड्रिडका उत्कृष्ट डिफेन्डर थिए । उनले सन् २००७ देखि २०१७ सम्म दश वर्ष मड्रिडबाट खेल्दा ३ च्याम्पियन्स लिग ३ ला लिगा जितेका थिए ।

लिभरपुलको घरेलु मैदानमा यो नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि खेल खेल्दैछ । एनफिल्डमा हुन लागेको उक्त खेल जित्दै पोर्टोले उपाधि यात्रामा आफूलाई बलियो साबित गर्ने दाउमा छ ।

आफूले रियल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि उचालेको बताउँदै उनले यसपटक पनि उपाधि जित्दै चौथो पटक हुने बताएका हुन् । उनले लिभरपुल बलियो टोली भएपनि पोर्टोले खेल जित्ने दाबी गर्दै भने, ‘हामीले लिभरपुलजस्तो उत्कृष्ट टोलीलाई सम्मान गर्नुपर्दछ, तर हामी आफ्नो काम गर्नेछौं ।’

उनले भने, ‘पोर्टोमा एकदमै बलिया डिफेन्डर्स छन् । मेरो विचारमा हामीमा रियल मड्रिड जत्तिकै खेल्न सक्ने क्षमता छ ।’

आजको खेलमा एनफिल्डमा पोर्टोविरुद्ध मैदान उत्रँदा लिभरपुल सहज जितको खोजीमा हुनेछ । पहिलो लेग जित्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । घरेलु मैदान र उच्च लयको कारण लिभरपुललाई सहज हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्