च्याम्पियन्स लिगमा टोटेनहम र सिटी खेल्दै

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आज इंग्लिस प्रतिद्धन्द्धी टोटेनहमले घरेलु मैदानमा म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

टोटेनहम हट्स्पर घरेलु मैदानमा पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनल प्रवेशलाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । भने , म्यानचेस्टर सिटी टोटेनहमलाई उसकै मैदानमा टोटेनहमलाई पराजित गर्दै सेमिफाइल पुग्ने सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा मैदान उत्रनेछ ।

सिटीले टोटेनहमविरुद्धको पछिल्ला चार खेलमा जित निकालेका कारण सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगमा सिटीले पछिल्ला ७ मध्ये ६ खेलमा जित हात पारेको छ । यता, टोटेनहम भने , च्याम्पियन्स लिगको पछिल्ला ६ खेलमा अपराजित रहेको छ ।

त्यसैले यि दुई टोलीबीचको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । टोटेनहमको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि खेल खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस्