सावित्राको दुई गोलमा नेपाल विजयी


काठमाडौं / ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत म्यानमारस्थित बाथो स्टेडियममा मंगलबार भएको दोस्रो चरणको छनोट खेलमा नेपालले इन्डोनेसिया बिरुद २–१ को जित निकालेको छ ।

नेपाल सुरुवाती दुई खेलमा पराजित हुदै तेस्रो चरण पुग्ने सम्भावना सकिएको अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गर्न सफल भयो । नेपाल अघिल्ला दुई खेलमा म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो ।

नेपाललाई जिताउन दुवै गोल सावित्रा भण्डारीले गरिन् । खेलको ३६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । दोस्रो हाफको सुरुको दोस्रो मिनेटमै बेइक अमियाटन सालिहाले बराबरी गोल फर्काइन् ।

बराबरीतर्फ धकेलिएको खेलको १ मिनेट बाँकी रहँदा साम्वाले दोस्रो गोल गर्दै नेपालाई सान्त्वना जित दिलाइन् । छनोटमा म्यानमार र भारतले समान ७ अंक जोड्दा नेपालले ३ तथा इन्डोनेसिया अंकबिहीन बन्यो ।


प्रतिक्रिया दिनुहोस्