भारतीय वायु सेनाको एमआई १७ हेलिकप्टर दुर्घटना प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १३:४३ नयाँदिल्ली, २० चैत / भारतीय वायू सेनाको एक एमआई १७ हेलिकप्टर मंगलबार बिहान दुर्घटनामा परेको छ। अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा २ पाइलटसहित ६ जना घाइते भएका छन्। एजेन्सी