लिभरपूलसँग पोर्टो पराजित

एजेन्सी / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पोर्टोलाई टोटेनहम
लिभरपूलले २ -० गोलले पराजित गरेको छ ।

पोर्टोले पहिलो हाफको पहिलो ५ औ मिनेटमा नै लिभरपूलले गोलको मौका दिलायो । लिभरपूलको घरेलु मैदान एनफिल्डमा भएको उक्त खेलमा नेबी केटाले पहिलो गोल घरेलु टिमलाई दिलाएका थिए । साथै २६ औ मिनेटमा घरेलु टिमले अग्रतालाई दोब्बर बनायो । दोस्रो गोल रोबर्टो फर्मिनोले दिलाएका थिए ।

दोश्रो हाफमा कुनै गोल हुन सकेन र लिभरर्पूलले सहज जित पोर्टो माथि निकाल्यो । दोश्रो लेग भने अबको अप्रिल १८ मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्