ताप्लेजुङ युवा समाजद्धारा शेर्पालाई आर्थिक सहयोग

काठमाडौं २७ चैत / ताप्लेजुङ युवा समाजले मिक्वाखोला ५ पापुङ हाल जोरपाटी निवासी २४ वर्षीय भाईचुङ शेर्पालाई आर्थिक सहयोग गरेको छ ।

मोटरसाइकल दुर्घटनामा परि विगत ४ महिनादेखी उपचाररत शेर्पालाई यूवा समाजका पदाधिकारीहरु अस्पतालमा पुगि नगद रु १५ हजार रकम हस्तान्तरण गर्नुका साथै बिरामीको स्वास्थ अवस्था बुझी स्वास्थलाभको कामना समेत गरेको युवा समाजका महासचिव निरोज लिबाङ्ले जानकारी दिएका छन्।

मेडिसिटी अस्पताल र अतरखेल शिक्षण अस्पतालमा गरि जम्मा , ४० लाख भन्दा बढी खर्च भइसकेको र अहिले पनि दैनिक २५ हजार देखि ३० हजारसम्म खर्च हुने बिरामीको बुबा छिनुपु शेर्पाले बताए ।

अतरखेल शिक्षण अस्पतालमा उपचाररत शेर्पाको बुबालाई सङ्स्थाको महासचिव निरोज लिबाङ , कोषाध्यक्ष मिङ्मा डन्डु शेर्पा , अनुशासन विभाग प्रमुख धनजित साम्बा र खेलकुद विभाग प्रमुख याम लिम्बु, कोषाध्यक्ष मिङ्मा डण्डु शेर्पाले बिरामीलार्ई भेटी हस्तान्तरण गरेका हुन ।

ताप्लेजुङ युवा समाज काठमाडौले धेरै जिल्लाबासी बिरामीहरुलाई आर्थिक , नैतिक र भौतिक सहयोग गर्दै आएको र सहयोग सानो भएपनि बिरामीलाई केही सान्तवना होस् भन्ने उदेश्यले सहयोग गरेका समाजका अध्यक्ष मुक्ति लाबुङ्ले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्