बार्सिलोनाले इतिहास उल्टादै जित निकाले, युभेन्टस रोकियो

काठमाडौँ / युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बार्सिलोना १ – ० गोलले विजयी भएको
छ ।

खेलको बाह्रौँ मिनेटमा मेसीको पासमा स्वारेजले गरेको हेडबल सलाई डिफ्लेक्ट हुँदै जाली चुम्न पुगेको थियो । खेलमा जीत हासिल गरेसँगै बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमीफाइनलमा पुग्न केही सहज भएको छ । अब आगामी १७ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा गोल रहित बराबरीले मात्रै पनि बार्साको सेमीफाइनलको यात्रा गराउँनेछ ।

आजको खेलमा जीत हासिल गरेसँगै बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ट्राफोर्डमा पराजित गर्न नसकेको खराब इतिहासमा समेत पूर्ण विराम लगाएको छ ।

त्यसै गरी आजै भएको क्वाटर फाइनलको अर्को खेलमा डच क्लब आयाक्स र इटालियन क्लब युभेन्टसले १–१ गोलको बराबरी खेलेका छन् ।

युभेन्टसका लागि ४५ औँ मिनेटमा उत्कृष्ट हेडर गोल गर्दै रोनाल्डोले सुरूवाति अग्रता दिलाए पनि आयाक्सका डेभिड नेरेसले त्यसलाई ३३ सेकेन्ड भन्दा टिक्न दिएनन् । च्याम्पियन्स लिग अन्तर्गत दोश्रो लेगका खेल आगामी १७ र १८ तारिखमा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्