युनाइटेडले बार्सिलोना विरुद्ध पुनरागमन गर्छ – प्रशिक्षक ओले

एजेन्सी / च्याम्पियन्स लिग प्रतियोगितामा म्यान्चेस्टर युनाइटेडलाई क्वार्टरफाइनलको पहिलो लेगमा आत्मघाती गोलमार्फत् बार्सिलोनाले १-० गोलको जित निकालेको छ ।

बार्सिलोनाका लागि युनाइडेटले खेलको १२औँ मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । युनाइटेडले आफ्नै घरेलु मैदानमा आत्मघाती गोलका कारण निराश भएका युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्स्जायरले अवे खेलमा बार्सिलोनालाई हराउने दाबी गरेका छन् ।

खेलपछि मिडियासँग कुरा गर्दै उनले दोस्रो लेगमा बार्सिलोनालाई उसैको मैदानमा हराउँदै पुनरागमन गर्ने बताएका हुन् । आउँदो १६ तारिखमा युनाइटेडले च्याम्पियन्स लिगको दोस्रो लेगअन्तर्गत बार्सिलोनासँग खेल्दैछ । यो खेलमा युनाइटेड बार्सिलोनाको मैदानमा पाहुना टोली भएर जाँदैछ । उक्त खेलमा पुनरागमनका लागि युनाइटेडले दुई गोलान्तरको जित दर्ता गर्नुपर्नेछ ।

सोल्स्जायर दोस्रो लेगमा युनाइटेडले गोल गर्नेमा आशावादी छन् । उनले आफूहरू एक महान टोलीविरुद्ध प्रतिस्पर्धामा उत्रिने भएका कारण कठिन भएपनि गोल गर्ने बताए । उनले भने, ‘हामी महान टोलीसँग खेल्दैछौं, यो थाहा छ । तर, त्यहाँ हामीले गोल गर्नुपर्छ ।’

उनले आफूहरू अन्तिम १६ को पहिलो लेगमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्न सफल रहेको बताउँदै भने, ‘हामीले पीएसजीविरुद्ध जित निकाल्दै पुनरागम गरेका थियौंँ । यहीँ खेलले हामीलाई प्रेणित गर्छ । बार्सिलोनाविरुद्ध पनि हामी त्यहीँ दिमागले खेल्नेछौं ।’

उनले बार्सिलोनालाई एक उत्कृष्ट क्लब रहेको बताए । ‘बार्सिलोना उत्कृट टोली हो,’ उनले थपे, हामी उत्कृष्ट टोलीसँग खेल्दै छौं । तर, पीएसजीविरुद्धको प्रदर्शनले पनि हामीलाई हामी गर्न सक्छौं भन्ने आशा र विश्वास जागेको छ ।


प्रतिक्रिया दिनुहोस्