च्याम्पियन्स लिग लिभरपुलले जित्छ, – सर्वेक्षण

एजेन्सी / जारी युरोपियन च्याम्पियन्स लिग प्रतियोगिता रिपोर्टअनुसार यसपटक इंग्लिस टोली लिभरपुलले जित्ने दाबी छ ।

क्वार्टरका खेल चलिरहँदा यसपटक च्याम्पियन्स लिग कसले जित्ला भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यसैक्रममा ‘फाइभ थर्टी एइट्स स्कोरर पावर इन्डेकस’ ले गरेको एक सर्वेक्षण रिपोर्टअनुसार यसपटक च्याम्पियन्स लिग इंग्लिस टोली लिभरपुलले जित्ने सम्भावना बढी छ ।

अनलाइन भोटिङ तथा विभिन्न फुटबल विशेषज्ञहरूको मतका आधारमा यस्तो सर्वेक्षण रिपोर्ट सार्वजनिक भएको हो । उक्त रिपोर्टअनुसार च्याम्पियन्स लिगको यो सिजनको प्रमुख उपाधि दाबेदार लिभरपुल हो ।

जसमा लिभरपुलले च्याम्पियन्स लिग जित्ने सम्भावना सबैभन्दा बढी २९ प्रतिशत छ । त्यसपछि दोस्रो स्थानमा स्पेनिस बार्सिलोनाको सम्भावना २७ प्रतिशत छ भने अर्को इंग्लिस टोली म्यानचेस्टर सिटीको २१ प्रतिशत सम्भावना छ ।

त्यसपछि इटालियन युभेन्टसको ९ प्रतिशत च्याम्पियन्स लिग जित्ने सम्भावना छ भने डच टिम आयाक्सको ५ प्रतिशत छ । त्यसपछि म्यानेस्टर युनाइटेड र पोर्चुगिज पोर्टोको सम्भावना मात्रै १–१ प्रतिशत छ ।

लिभरपु गत सिजनको उपविजेता टिम हो । गत सिजन रियल मड्रिडले लिभरपुललाई हराएर समग्रमा १३औं तथा लगातार तेस्रो वर्ष उपाधि जितेको थियो । क्वार्टरफाइनलमा खेल दोस्रो लेगका खेल आगामी बुधबार रातिबाट हुँदैछन्


प्रतिक्रिया दिनुहोस्