बार्सिलोनालाई पोग्बाले दिए चुनौती

एजेन्सी / इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडले बार्सिलोनालाई हराएर युनाइटेडले नयाँ कथा रच्ने बताएका हुन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले बार्सिलोनाई उसैको मैदानमा हराएर युनाइटेडले नयाँ कथा रच्ने बताएका हुन् । उनले भनेका छन्, ‘सेमिफाइनलका लागि अझै दोस्रो लेगको खेल बाँकी नै छ । क्याप नोउमा हुने उक्त खेलमा हामी सबथोक दिन तयार छौं । त्यहाँ हामी नयाँ कथा रच्नेछौँ ।’

उनले थपे, ‘बार्सिलोना हामीलाई हराएर अर्को चरण जान चाहन्छ, त्यसरी नै हामी पनि उसलाई उसैको मैदानमा पछार्दै अगाडि बढ्न चाहान्छौं । यो सबै कुराको टुंगो दोस्रो लेगमा लाग्छ । त्यो १ गोलको अन्तर खासै ठूलो होइन, यसलाई सामान्य नै लिनुपर्छ ।’

१६ तारिखमा युनाइटेडले च्याम्पियन्स लिगको दोस्रो लेगअन्तर्गत बार्सिलोनासँग खेल्दैछ । यो खेलमा युनाइटेड बार्सिलोनाको मैदानमा पाहुना टोली भएर जाँदैछ । उक्त खेलमा पुनरागमनका लागि युनाइटेडले दुई गोलान्तरको जित दर्ता गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्