ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने


काठमाडौं / नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् ।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् ।

बिहीबार चन्द्रागिरि पुगेका ओली-दाहाल शुक्रबार दिउँसाे काठमाडाैं झरेका थिए । कान्तिपुरमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्