चलचित्र ‘घरजम’को छायाँकन सम्पन्न

काठमाडौं, ३० चैत । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ‘घरजम’को छायाँकन सम्पन्न भएको छ । निर्देशक लिम्बूले पुर्वी नेपालको जनजीवन समेटेर नयाँ चलचित्र निर्देशन गरेका हुन् । उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेटेर निर्माण सुरु गरिएको चलचित्र ‘घरजम’ पाँचथरको याङ्वरक र उपत्याकाको ललितपुरमा छायांकन भएको हो ।

कुशल इन्टरटेन्मेन्टको व्यानरमा किशोर पंधाक र सीता तुम्बापो पंधाकको प्रस्तुति रहेको घरजममा परिवारको एक सदस्यलाई घरजम गरिदिनको लागि भएको संघर्ष नै चलचित्रको कथासार रहेको हुन् ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बू, किशोर पंधाक, सीता तुम्बापो पंधाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कमिता तुम्बापो, टीआर सेनेहाङ, वीरेन्द्र खाम्धाक (सिक्किमे कलाकार), स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याङ्बो, सीता योङ्यालगायत छन् ।

आशिष तावा र नुनाम केरुङले स्थानीय संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायांकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन् ।


प्रतिक्रिया दिनुहोस्