मेलिना राईको म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक, भिडियो सहित,,

काठमाडौं / मेलिना राईको सुमधुर स्वरमा सजिएको चर्चित गीत म भन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ ।

राईको सुमधुर स्वरमा सजिएको प्रस्तुत गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । म भन्दा नि भाग १ लाई अत्याधिक श्रोता दर्शकले मन पराउनुभएको र युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेकाले श्रोता दर्शकहरुकै चाहनामा भाग २ ल्याइएको हो ।

गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो भने मिक्सिङ चन्द्र चौधरीले गर्नु भएको हो । विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ ।

पहिलाको गीत जसरी नै यो गीतलाई श्रोता दर्शकले मन पराउने कुरामा गीतको निर्माण टिम आशावादी रहेको छ ।

https://www.youtube.com/watch?v=JJrkrz3WvEQ


प्रतिक्रिया दिनुहोस्