ताप्लेजुङ समाजको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम ५० तस्विरमा हेर्नुहोस्

काठमाडौं – नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ। प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।

त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा, पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद भुपेन्द्र थेबे,लगायत अन्य धेरै बिशिष्ट ब्यातित्वहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रमुख अतिथी शेरधन राईले ताप्लेजुङ समाज नेपालले प्रदेश नम्बर एकको समग्र विकास र उन्नतीको यात्रामा अलग्गै पहिचान बोकेर देशलाई योगदान गर्न भुमिका खेल्ने विस्वास ब्यक्त गरे। साथै प्रदेश नम्बर एकको समग्र विकास र समृद्धमिा सबै जिल्लाहरुले ताप्लेजुङ समाज नेपाल जस्तो संस्था स्थापना गर्न आस्वयक रहेको बताए।

ताप्लेजुङ समाज नेपाल बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना भएको र यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासीहरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण कामहरु गर्दैै आएको र अन्य योजनाहरु अगाडी बढाईरहेको र त्यसैको निरन्तरतामा यो कार्यक्रम पनि आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर तुम्बाहाफेले बताए।

विहान ११ वजेबाट सुरु भई बेलुका ५ बजे सम्म चलेकोे रक्तदान कार्यक्रममा २७७ जनाले रक्तदान गरेका थिए। एकै दिनमा यति धेरैको सख्यामा एकैपटक रक्तदान भएको नेपालको सम्भवत पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन्।

कार्यक्रम हजारौं जिल्लावासीहरको उपस्थितीमा सम्पन्न भएको हो। कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउन गाँउपालिका र एक नगरपालिकाको छुटटा छुटै स्टलहरु राखिएको थियो। रक्तदान सगै वृहत सांगितिक कार्यक्रम पनि सम्पन्न भएको छ।

स्थानिय कलाकारदेखि राष्टिय्र स्तरका ख्याती प्राप्त कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो। पहिलो नेपाली तारा दिपक लिम्बु, डम्बर नेपाली अहिलेको चर्चित हाँस्य कलकार उमेश राई फुलन्देको आमा,मौसम इम्बु फुलन्देको बाउले दर्शकशरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

औपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका महासचिव महासचिव अग्नि पौडेलले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका उप महासचिव याङजोम शेर्पाले गरेका थिए। वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसंगै सस्थाको सदस्यता वितरण, क्यालेण्डर वितरण पनि गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्