प्रदेश २ सरकारले लोकसेवालाई पत्र कर्मचारी भर्ना हामी आफैं गर्छौं

काठमाडौं / प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न लोकसेवा आयोगलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखेका छन् । संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार आफै सरकारी सेवा गठन र सञ्चालन गर्ने भन्दै उनले प्रदेश २ मा कर्मचारी भर्नाको विज्ञापन नगरिदिन आग्रह गरेका हुन् ।

प्रदेश नं २ मा गठन हुन लागेको प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्नाको कार्य गर्ने हुनाले प्रदेश नं २ को प्रदेश स्तर र १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदनिुहुन अनुरोध छ’ मुख्यमन्त्री राउतले पत्रमा लेखेका छन् ।

संविधानको धारा ८५ को उपधारा ३ मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएपछि रिक्त रहेको दरबन्दीमा लोक सेवा आयोगले भर्ना खोल्न लागेका बेला प्रदेश २ ले यस्तो पत्र लेखेको हो ।


प्रतिक्रिया दिनुहोस्