युनाइटेडमाथि बार्सिलोनाको ४–० को जित, पुग्यो सेमिफाइनल

काठमाडौं, / स्पेनिस बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडमाथि ३–० को शानदार जित निकाल्दै बार्सिलोना सेमिफाइनल प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान कयाम्प नोउमा भएको दोस्रो लेगको खेलमा बार्सिलोनालाई जिताउन १६औं मिनेटमा मेस्सीले पहिलो गोल गरेका थिए । त्यसको ४ मिनेटपछि नै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेर घरेलु टोलीलाई पहिलो हाफमा २–० को अग्रता लिए ।

त्यसपछि दोस्रो हाफको ६१औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल बार्सिलोनाले ३–० ले जित्यो ।

पहिलो लेग १ –० ले जितेपछि बार्सिलोना समग्रमा ४–० को फराकिलो जितसहित सेमिफाइनल पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्