युभेन्टसलाई हराउँदै आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा युभेन्टस आयाक्ससँग २-१ ले पराजित भएको छ ।

खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६७अौं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्