च्याम्पियन्स लिगमा आज सिटी र टोटनह्याम भिड्दै

काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगका अन्तिम खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम आमनेसामने हुँदैछन् ।

म्यानचेस्टर सिटी र टोटनह्याम आज सेमिफाइनल जान निर्णायक भिडन्त गर्दैछन् । यो खेलका लागि सिटीले टोटनह्यामलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

यसअघि टोटनह्यामको घरमा भएको पहिलो लेगको खेल टोटनह्यामले १–० ले जितेको थियो । तसर्थ आज उसका लागि गोलरहित बराबरी नतिजा भए पनि सेमिफाइनल जान पुग्छ भने सिटीलाई कम्तीमा पनि २–० को जित चाहिन्छ । खेल राति १२ः४५ बजेबाट हुनेछ ।




प्रतिक्रिया दिनुहोस्