च्याम्पियन्स लिगमा आज पोर्टो र लिभरपुल भिड्दै

काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगका अन्तिम खेलमा   पोर्टो र लिभरपुल आमनेसामने हुँदैछन् ।

पोर्चुगिज क्लब पोर्टो र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । यो खेल पोर्टोको घरमा हुनेछ । यसअघि आफ्नो घरमा भएको खेल लिभरपुलले २–० ले जितेकाले लिभरपुल आज सहज अवस्थामा हुनेछ ।

उसलाई आजको खेलमा ०–१ ले पराजित भइकन पनि सेमिफाइनल जान काफी हुनेछ । तर, पोर्टोले भने आफ्नो घरमा कम्तीमा ३–० को जित निकाल्नुपर्छ । खेल राति १२ः४५ बजेबाट हुनेछ ।


प्रतिक्रिया दिनुहोस्