ललितपुरमा सुविधासम्पन्न मल

काठमाडौं / राजधानीको ललितपुरस्थित कुमारीपाटीमा २०७६ को सुरुवात सँगै सुविधासम्पन्न मल लब भवन खुलेको छ ।

उक्त भवनको एक विशेष समारोह बिच लोकप्रिय गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य साथै भवनकी प्रोप्राइटर लक्ष्मी श्रेष्ठले रिवन काटेर उद्घाटन गरे । भिन्न शैलीमा बनाइएको भवनका बिभिन्न तल्लाहरुमा शोरुम, रेष्टुरेन्ट, बैंक, गेम जोनहरु रहेका छन् ।

भवनको सबैभन्दा आकर्षण चौथो र पाँचौ तल्लामा रहेको टीटान र जीम हो । अत्याधुनिक ब्रान्डका सामानहरु, साउना, स्टिम वाथ, कार्डियो हेल्थ फीटनेसका सबै सुविधाहरु यस जिममा रहेका छन् । परिवार सहित पुगेका दाजुभाइ सत्य स्वरुपले भवनको उद्घाटन पछि आफुहरुपनि टीटान र जीम बाट प्रभावित भएको बताए ।


प्रतिक्रिया दिनुहोस्