बार्सिलोनालाई हामी हेर्छौं, – भान डाइक

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा युरोपका दुई टिम इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना भिड्दैछन् ।

लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले बार्सिलोनालाई सांकेतिक रूपमा कडा चेतावनी दिएका छन् । गत राति अन्तिम आठको दोस्रो लेगमा पोर्चुगिज पोर्टोमाथि जित निकाल्दै सेमिफाइनल पुगेपछि उनले सेमिफाइनलमा हुने बार्सिलोनासँगको खेलबारे प्रतिक्रिया दिएका हुन् ।

लिभरपुल उत्कृष्ट लयमा रहेका भान डाइकलाई पत्ररकाले आगामी खेलबारे सोधेका थिए । जसमा उनले आत्मविश्वाससाथ जवाफ दिए । ‘यो ज्यादै कठिन खेल हुनेछ । किनभने, हामी विश्वको एक उत्कृष्ट क्लबविरुद्ध खेल्दैछौं,’ भान डाइकले भने सटिक प्रतिक्रिया दिँदै भने, ‘तर, हामी तयार छौं । बार्सिलोनालाई हामी हेर्छौं ।’

पत्रकारले ‘सेमिफाइनलमा मेस्सीलाई कसरी रोक्नुहुन्छ’ भनेर सोधिएको प्रश्नमा भान डाइकले मेस्सी उत्कृष्ट खेलाडी भएको भन्दै तारिरफ गर्दै उनलाई कसरी रोक्ने भनेर सोचिनसकेको बताए ।

‘उनी विश्वका एक उत्कृष्ट खेलाडी हुन्, उनीप्रति मेरो सम्मान छ । उनी विशेष छन्,’ भान डाइकले भने, ‘तर, उनी रोक्नै नसकिने खेलाडी होइनन् । अहिले नै मैले यसबारे सोचिसकेको छैन । तर, हामी उनलाई पनि हेर्छौं ।’

अन्तिम आठमा बार्सिलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र लिभरपुलले पार्टोलाई हराएका हुन् । सेमिफाइनलमा यी दुईको पहिलो अप्रिल ३० मा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्