मेस्सी र रोनाल्डोबारे एमबाप्पेको ‘रोचक’टिप्पणी

एजेन्सी, / पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेससीबारे रोचक टिप्पणी गरेका छन् ।

हालै एक अन्तर्वार्ताक्रममा २० वर्षीय विश्वकप विजेता फरवार्ड एमबाप्पेले रोनाल्डो र मेस्सीमध्ये को उत्कृष्ट भन्ने विषयमा कूटनीतिक उत्तर दिएका हुन् ।

पिएसजी यसपटक युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै आउट भएको थियो । रोनाल्डोको टिम युभेन्टस पनि अघिललो रात डच टिम आयाक्ससँग पराजित हुँदै प्रतियोगिताबाट आउट भयो ।

‘फ्रान्स फुटबल’ सँग कुरा गर्दै एमबाप्पेले आफूले रोनाल्डो र मेस्सीमध्ये एक खेलाडी छान्न नसक्ने बताए । उनले कूटनीतिक उत्तर दिए, ‘यदि मैले मेस्सी र रोनाल्डोमध्ये एक खेलाडी छान्नुपर्ने दिन आउँछ भने म मेरो अवसकासम्म पर्खन्छु । र, त्यसपछि उनीहरू दुवैलाई लिन्छु । त्यसबेला अवश्य पनि हामी जिन्छौं ।’

एमबाप्पेले आफूले बाल्यकालबाट रोनाल्डो र मेस्सीको खेल खेर्दै हुर्किएको पनि बताए । ‘जतिबेला म बाल्यावस्थामा थिएँ, मैले उनीहरूको खेल हेरें । र, हुर्किएँ,’ उनले भने, ‘मैले विगतबाटै यो भन्दै आएको छु कि, म रोनाल्डोबाट बढी प्रेरित छु ।’

एमबाप्पेले अघि भने, ‘त्यहाँ थुप्रै फ्यान छन्, जसले मेस्सीलाई दुनियाँकै उत्कृष्ट खेलाडी मान्छन् । अनि, अरू थुप्रैले रोनाल्डोलाई उत्तिकै ठूला र सफल खेलाडी मान्छन्,’ एमबाप्पेले भने, ‘तर, उनीहरू दुवै जादुयी छन् । यो ठूलो कुरा हो कि, उनीहरूले हामीलाई एकै समयमा फुटबलको मज्जा दिइरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस्