बार्सिलोनाले एभर्टनका रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी


एजेन्सी / बार्सिलोनाले ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

बार्सिलोना अर्को सिजनको लागि लुइस स्वारेजको ठाउँमा सहयात्री खोजिमा छ । यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको हो ।

बार्सिलोनाले गत जनवरीमा केभिन प्रिन्स बोएटिङलाई लोनमा अनुबन्ध गरेपनि उनले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । उनले जम्मा ३ खेलमा मात्रै मौका पाएका छन् ।रिचार्लीसन बार्सिलोनाको अग्रपङ्ति सम्हाल्न योग्य रहेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

रिचार्लीसनले यो सिजन ३२ खेलमा १२ गोल गर्नुका साथै २ एसिस्ट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्