सन्दिपले लिए ३ विकेट

काठमाडौं  / इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछानेले कमब्याक खेलमा तीन विकेट लिएका छन ।


सन्दिपले चार ओभरमा ४० रन खर्चिएर तीन महत्वपुर्ण तीन विकेट हात पारे । पञ्जाव विरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए ।

तर त्यसपछि डट फालेका सन्दिपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दिपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि उनले बाँकि दुई बलमा एक रन मात्र दिए । पहिलो ओभरमा ११ रन दिएका सन्दिपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।

टिमको १३ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ६ रन दिएर दुई विकेट लिए । पहिलो बलमा नै छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दिपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । त्यसपछि सन्दिपले कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।

त्यसपछि आफ्ना अन्तिम ओभरमा पनि सन्दिपले एउटा अर्को विकेट लिने मौका सिर्जना गरेका थिए । मन्दिप सिंहले प्रहार गरेको बललाई रावाडाले ड्रप गरे । सो ओभरमा सन्दिपले मात्र सात रन खर्चिए ।


प्रतिक्रिया दिनुहोस्