चर्चित फुटबलर मेस्सीलाई थाहा नभएको श्रीमतीको ब्वाइफ्रेन्ड

विश्वका चर्चित फुटबलर अर्जेन्टिनी लियोनल मेस्सी र उनका श्रीमती एन्टोनेला रोकुजो सानैदेखिका साथी हुन्। उनीहरुले एक अर्कालाई १० वर्षको उमेरदेखि चिन्दछन्। मेस्सी र एन्टोनेलाका बाल्यकालदेखिका फोटोहरु समेत छन्।

मेस्सीले १०–११ वर्षको हुँदा नै रोकुजालाई प्रेमपत्र लेखेका थिए। उनले भविष्यमा आफूहरु श्रीमान–श्रीमती हुनपर्छ भनेका थिए।

बाल्यकालको सपना यतिबेला पुरा भइसकेको छ। दशकौंसम्म सँगै रहेका उनीहरुले सन् २०१७ मा औपचारिक विवाह गरे।

मेस्सी र एन्टोनेला

उनीहरु बाल्यकालमा पनि सँगै थिए। अहिले पनि सँगै छन्। उनीहरु विश्वका चर्चितमध्ये एक जोडी हुन्। दुवै यतिबेला ३१–३१ वर्षका भए। उनीहरुको ३ वटा छोरा छन्।यो भन्ने गरिन्छ कि मेस्सीले एन्टोनेला बाहेक अन्य महिलालाई कहिल्यै प्रेम गरेनन्। एन्टोनेलाले मेस्सी बोहक अन्य पुरुषलाई कहिल्यै प्रेम गरेनन्।

तर मेस्सीसँग प्रेममा रहँदा पनि एन्टोनेला अर्को प्रेम सम्बन्धमा परे। सन् २०१७ मा एन्टोनेलाका पूर्व प्रेमीले यसबारे सन् २०१७ मा बोलेका थिए। उनले आफ्नो नाम भने सार्वजनिक गरेनन्।

तर पछि उनको र मेस्सी पत्नीको फोटो भने अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका थिए।जब मेस्सी स्पेनको बार्सिलोनामा आफ्नो भविष्य खोज्दै पुगेका थिए, त्यसबेला एन्टोनेला अर्का पुरुषसँग घुम्न र रम्न थालिन्। एन्टोनेलाको यस प्रेम सम्बन्धका बारेमा भने मेस्सी बेखबर छन्।

एन्टोनेलाले मेस्सी नहुँदा उनलाई साथीमात्र बनाएको बताइन्छ। यद्यपी ती पुरुषले भने एन्टोनेलाई साँच्चै प्रेम गरेका थिए।फेरि मेस्सी अर्जेन्टिना फर्किएपछि भने एन्टोनेलाले ती पुरुषलाई कहिल्यै भेटेनन्। मेस्सीमै आफ्नो ध्यान केन्द्रित गरिन्।

ती पुरुषले भनेका छन्,‘उनले कुनै बुढा मान्छेसँग त विवाह गरिनन्। ठिक छ, उनले मलाई मेस्सीका लागि छाडिन्।’ एजेन्सी


प्रतिक्रिया दिनुहोस्