सत्तारुढ पार्टीका युवा र विद्यार्थी नेताको अपिल : एनसेलको सिम बहिस्कार गरौ

वैशाख १२, काठमाडौं । सत्तारुढ पार्टी नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल निकालेका छन् ।
वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेललाई कर छुट दिने वा कुनै प्रकारका विषेश सहुलियत दिने जस्ता राष्ट्रघाति निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गर्दछौं । साथै, एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दा एनसेलको सिम कार्ड प्रयोग नगर्न नगराउन मातहतका सबै साथिहरु र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं । २४ घण्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिने यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’

हेर्नुहोस् यस्तो छ विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस्