फोटो पत्रकारितालाई प्राथमिकतामा राख्ने: मन्त्री बाँस्कोटा

 काठमाडौँ, २० चैत / सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र बुझ्दै उहाँले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताउनुभयो । फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गर्दै उहाँले फोटो पत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले सात बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्