गर्मी मौसममा काखी गन्हाउने समस्याबाट बच्न अपनाउनुहोस् यी घरेलु उपायहरु


काठमाडौं / गर्मी मौसममा काखी गन्हाउने समस्या त झन विकराल समस्या हो । यसको समयमै समाधान गर्न सकिएन भने तपाईंका नजिकका साथी भाई, प्रेमप्रेमिका समेत कुन दिन साथ छोड्छन् थाहा हुँदैन । त्यसैले यसको उपचार महंगा क्रिम लोसन र स्प्रेको प्रयोग गर्नुको साटो घर भान्सामा उपलब्ध चिजबाट कसरी गर्ने भन्नेबारे थाहाहुन जरुरी हुन्छ ।

किन गन्हाउँछ पसिना ?
पसिना शरीरको सबै भागमा आउँछ तर शरीरका कुनै कुनै अंगमा मात्र गन्हाउँछ । खुट्टाको काप, काखी, कास जस्ता ठाउँ बढी गुम्सने भएकोले फङ्गसको संक्रमण हुने हुन्छ । पसिना सुक्न पाउँदैन र गन्हाउँछ । पसिना गन्हाउने समस्या जसलाई हुन्छ, त्यो मान्छेलाई थाहा हुँदैन ।

पसिनालाई स्थायी रुपमा नै हटाउन सकिन्न । त्यसको लागि पसिना उत्पादन गर्ने नशालाई नै निकालेर फाल्नु पर्छ यो ठूलो शल्यक्रिया हो । अस्थायी रुपमा आइनाटोफोरोसिस, अर्थात करेन्टको माध्यम तथा बोटक्स इन्जेक्सन दिएर यो समस्या समाधान गर्न सकिन्छ ।

पसिनाको गन्ध हटाउने घरेलु उपाय :

बेकिङ सोडा:
बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस् । पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस् । केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहो–याउनुभयो भने काखीको गन्ध हराउँछ ।

स्याउको चुक अमिलो:
स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।

कागतीको रस:
कागती पनि दुर्गन्ध हटाउने राम्रो उपाय हो । एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ ।

फिटकिरी:
फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ ।

गोलभेंडा:
गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।

नखौरिनुस्:
काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।

पानी पिउनुस्
गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ ।

उपचारात्मक सावधानी :

सरसफाई र स्वास्थ्यमा ध्यान:

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ । हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ ।

विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने ९प्राय कटन र फाईबर०का लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ ।

खाना खाँदा बिचार:

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

काखीमा कागती:

कागतीको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।

तुलसी र निम पात:

तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् । यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ ।

छालाको पीएच घटाउ:

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।


प्रतिक्रिया दिनुहोस्