ताप्लेजुङ समाज नेपालले ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्दै

काठमाडौं १४ बैशाख / ताप्लेजुङ समाज नेपालले ताप्लेजुङको ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र स्नतकोत्तर तहका ७५ जना जेहेन्दार बिध्यार्थीहरुलाइ एक बर्षभरीको क्याम्पस शुल्क र भर्ना शुल्क बापत लाग्ने सम्पुर्ण रकमको छात्रबृती बितरण गर्ने भएको हो ।

छात्रबृति रकम करीब ७९ जना स्पोन्सरहरुले प्रत्याभुत कार्यक्रम (स्पोन्सरसिप) बिधीबाट एकै पटक यतीका ठुलो संख्यामा बिध्यार्थीहरुलाइ बितरण गरिएको ताप्लेजुङ समाज नेपालका उपाध्यक्ष तथा पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पाले जानकारी दिएका छन । छात्रबृती बितरणको लागि क्याम्पस प्रशासन, क्याम्पस ब्यवस्थपन संघ, प्राध्यापक संघ समेतका निकायहरुलाइ ताप्लेजुङ समाज नेपालले समन्वयको सम्पुर्ण कार्य लिखित रुपमा पुरा गरी सकेको छ ।

अभियानको सम्पुर्ण संयोजन ताप्लेजुङ समाज नेपालको ५ मुख्य अभियान अन्र्तगत पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पा र सदस्य सचिव हरी थलङले गरी रहनु भएको छ भने आज बसेको स्पोन्सरहरुको बैठकले क्याम्पसहरुसंग समन्वय गर्ने काम समाजको उपाध्यक्ष रमेश बराल र युवराज गुरुङले गर्ने गरी निर्णय गरेको छ ।


बैठकमा समाजका पदाधिकारीहरु सहित पुर्व मन्त्री मणी लामा, क्याम्पस ब्यवस्थापन समितिको सदस्यहरु शिला इजम र छिरिङ लामाको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्