ताप्लेजुङमा मानव कङ्काल फेला

प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङको पश्चिमी मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको महाबीर भन्ने जङ्गलमा मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पुरुषको जस्तो देखिने मानव कङ्काल फेला परेको हो ।

मानव अस्थिपञ्जर (हड्डी) मात्र यत्रतत्र छरिएको अवस्थामा रहेको भनी गएको शुक्रबार स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई सोही दिन मानव कङ्काल (सव) सदरमुकाम ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
डीएसपी थापाका अनुसार कङ्काल हाल जिल्ला अस्पतालको शवगृहमा रहेको र अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् ।

अस्थिपञ्जर मात्र रहेको शवको पहिचान गर्नलाई कठिन भएकाले निलो रङ्गको जिन्स पाइन्ट, निलै रङ्गको टिसर्ट र गोल्डस्टार जुत्ता भएको आधारमा हुलिया दिई स्थानीय सञ्चारमाध्यमहरुमार्फत आफन्तका खोजीका लागि सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्