सभामुख महराको प्रमुख आतिथ्यमा केःसाङ्ला’को च्यारिटी शो हुने (भिडियो सहित)

काठमाडौं, १६ बैशाख । लिम्बु जातीहरुको संस्कार संस्कृतीमा आधारित चलचित्र ‘केःसाङ्ला’को विशेष च्यारिटी शो हुने भएको छ । सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा राजधानीको कमलपोखरीस्थित विग मुभिजमा यहि वैशाख २१ गते विशेष च्यारिटी शो हुने भएको हो ।

उतm शोबाट उठेको रकममध्ये केही प्रतिशत रकम झापाको कमल गाउँपालिकाका मिगौला पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने चलचित्र निर्देशक लोकेन साँवाले जानकारी दिए । चोकफूङ इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्र केःसाङ्लालाई फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्ले संयुक्त निर्माण गरेका हुन् ।

चलचित्रमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बू, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फे लगायतको अभिनय रहेको छ । यसअघि यो चलचित्रको हङकङमा च्यारिटी शो गरिसकिएको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्