कर्णाली नदीमा एक्स्काभेटर खस्यो

हुम्ला १७ बैशाख ,/ हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा मंगलबार एक्स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट एक्स्काभेटर खसेको थियो ।

एक्स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।

एक्स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उहाँको भनाइ छ । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्