ताप्लेजुङका पहिरो पिडितलाई चार वर्षपछि राहत,४२ जनाले ज्यान गुमाएको थियो,

ताप्लेजुङ / ताप्लेजुङको पश्चिमी क्षेत्रमा आएको पहिरोमा परी ज्यान गुमाएका सदस्यका आफन्तले पाउने थप रकम लैजान जिल्ला प्रशासन कार्यालयले सार्वजनिक आवहन गरेको छ ।


२०७२ साल जेष्ठ २७ गते ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाँउपालिका वाड नं १ र २ खोक्लिङ, वडा नं ३,लिवाङ तथा मेरिङ्देन गाँउपालिका वाड नं १ थिङलावु,वाड नं २ सान्थाक्रा, वाड नं ३ खाम्लुङ र वडा नं ४ लिङ्तेप लगायतका स्थानमामा गएको पहिरोमा परी ४२ जनाको ज्यान गएको थियो भने, ठूलो भौतिक तथा क्षति गरेको थियो ।

जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मृतकका परिवारजनले पाउने थप रकम प्रशासन कार्यालयमा आईसकेकोले बुझेर लैजान सम्वन्धितलाई आग्रह गरेका छन् । जिल्ला बिपद् व्यवस्थापन समितिले शुक्रवार९आज०का मितिबाट ७ दिनभित्रमा यो रकम बुझिसक्न भनेको छ । प्रजिअ भण्डारीका अनुसार यस्तो राहात रकम लैजान ३ प्रकृतिका कागजात अनिवार्य छ ।

रकम बुझि लैजाने सदस्यसंग मृतकको नाता प्रमाणित भएको कागज,पहिरोमा परी मृत्यु भएका व्यक्तिको मृत्युदर्ता प्रमाण–पत्र र मृतकको नजिकको हकदार कायम भएको कागज भएमा मात्र प्रशासन कार्यालयले यस्तो राहात रकम बितरण गर्ने छ ।

यति कागजात लिएर प्रशासन कार्यालय पुगेका मृतकका आफन्तले जनही १ लाख रुपैंयाका दरले थप राहात रकम बुझेर लैजान सक्ने प्रजिअ भण्डारीले जानकारी दिए ।

मृतकका परिवारले जिल्ला प्रशासन कार्यालयमार्फत यसअघि जनही ४० हजार रुपैंयाका दरले सहयोग पाएका थिए ।


प्रतिक्रिया दिनुहोस्