रसिक किरातको ‘माया जालैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं २२, बैशाख / साहित्यकार तथा गीतकार रसिक किरातको शब्दमा रहेको ‘माया जालैमा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

पूर्वेली लोकभाकाको अत्यन्त मीठो लय रहेको उतm गीतमा पूर्वाञ्चल सिङ्गिङ् स्टार सिर्जना तामाङ र नितेश राईको आवाज रहेको छ भने सङ्गीतकार तथा गायक मनोज साङ्सोनले कम्पोज गरेका छन् । लाखौँ युवाहरू रोजगारका लागि विदेशिएपछि आप्नो मातृभुमिको खेतीयोग्य जमिन बाँझो बनेर काँडाले भरिँदै गएको तीतो यथार्थलाई कलात्मक शैलीमा उतारिएको छ ।
गीतमा माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्दको फूल फुलाउन सकिने दृढ विश्वास व्यक्त गरिएको छ । यसको लागि नीति निर्माताहरूलाई समेत गीतले सशक्त ढङ्गले झस्काएको छ । यस अर्थमा यो गीत यहाँको माटोको सुगन्ध हो भन्न सकिन्छ ।

गीतले पूर्वेली लोकभाकाको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अत्यन्त धेरै दर्शक श्रोताहरूको प्रतिक्रिया आइरहेको छ भने, गीतले दर्शक श्रोताहरूको मन जित्न सक्ने गीतकार रसिक किरातको विश्वास रहेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्