ब्रेन एनोरिज्म पिडित दल बहादुर विकलाई इजरायलबाट ७० हजार सहयोग

काठमाडौ २१, बैशाख / ब्रेन एनोरिज्म र्यापचर नामक रोगले पिडित दल बहादुर विश्वकर्मालाई इजरायलबाट ७० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विर अस्पतालको सघन उपचार केन्द्रमा उपचाररत विश्वकर्माको छोरा भिम विश्वकर्मालाइ उतm रकम हस्तान्तरण गरिएको हो ।


मिक्वाखोला – ३ लिबाङ ताप्लेजुङ निवासी ( हाल इजरायलमा ) रहनुभएका समाजसेवी सन्तोस लिबाङको संयोजकत्वमा इजरायलमा रहेका नेपालीहरुबाट उतm रकम संकलन गरिएको हो । ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका–३, सिम्ले निवासी दल बहादुर विश्वकर्मा विगत लामो समयदेखि टाउकोको ब्रेन एनोरिज्म र्यापचर नामक रोगले ग्रस्त छन् । विमारीका छोरा भिम बहादुर बिकले विदेशमा पसिना बगाएर सहयोग गर्ने सम्पुर्ण ति महान सहयोगी महानुभावहरुप्रर्ति धन्यबाद ब्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्