चलचित्र‘केःसाङ्ला’को च्यारिटी शो भब्य रुपमा सम्पन्न

काठमाडौं २१, बैशाख / चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’को भब्य रुपमा रेड कार्पेट शो गरिएको छ ।

शनिबार कमलपोखरीस्थित विग मुभिजमा सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा शो गरिएको हो । ्रकार्यक्रममा बिशिस्ट अतिथीहरु, नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा,माननिय सांसद एल पि साँबा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, बरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमको उपस्थिती रहेको थियो । एक औपचारिक कार्यक्रमका बिच सम्पन्न फिल्म ‘केःसाङ्ला’को च्यारीटी शो बाट संकलित रकम मध्ये रु एक लाख ६३ हजार ५ सय रुपैयाँ दुवै मृगौला फेल भएका बिरामी निर्मल फियाकलार्इ सहयोग प्रदान गरिएको छ । लोकेन साँवाद्धारा निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिनुका साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई प्रष्टरुपमा उजागर गरिएको छ ।

प्रमुख अतिथी सभामुख कृष्ण बहादुर महरा देखि लिएर ‘केःसाङ्ला’हेर्न आएका प्राय सम्पूर्ण दर्शक हरुले चलचित्र राम्रो बनेको भन्दै तारिफ गरेका थिए । ्र हलको क्षमताभन्दा बढि दर्शकको उपस्थिती रहेकोले दर्शकहरुलाई ब्यवस्थित गर्न आयोजकलाई निकै गाह्रो भएको थियो । चलचित्रमा मुख्य कलाकारहरू भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गंगा तुम्बाहाङ्फे लिम्बू आदि छन् ।

भूपेन्द्र तुम्बाहाङ्फेको छायाङ्कन, बिपिन मल्लको मुख्य सम्पादन, रामप्रसाद चौधरी र बुद थापा मगरको सहायक सम्पादन, यासेली योङ्हाङ लिम्बू, लोकेन साँबा, हर्क बहादुर योङहाङ लिम्बू गीत रचना, अशोक लोहोरुङ राईको संगीत, श्रेयशी चेम्जोङ मनु नेम्बाङ असली वनेम यासेली योङहाङ निर्मल सुब्बा आशिष लक्ष्मी योङहाङ भिम तुम्बाहाङ्फे देशु सुहाङको स्वर रहेको चलचित्रलाई देबेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

भाषा सम्पादन सागर केरुङ, डीबी आङ्बुङले गरेका हुन् भने फिपरानी तुम्बाहाङ्फे, बिष्णु कुमार पन्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जय तुम्बाहाङ्फेले चलचित्र निर्माण गरेका हुन् । कार्यक्रमको सभापति केःसाङला प्रदर्शन समितिको अध्यक्ष सनमान थलङले गरेका थिए


प्रतिक्रिया दिनुहोस्