गितकार अमर बान्तुको ‘हिड़नु पर्ने भिड़मा ‘ सार्वजनिक

काठ्माण्डौं २० बैशाख ,/ नेपाली गीत संगीत प्रायः जसो मायाप्रेम मै केन्द्रित रहेको छ, जे जसरी भएपनी माया प्रेम मै अड़काएर म्यूज़िक भीडियो पनी निर्माण गरिन्छ । तर, अलिक फरक तरिकाको म्यूज़िक भीडियो एक पत्रकार सम्मेलन गरेर सार्वजनिक गरीएको छ ।

एक बिशेष र्काक्रमका विच रिलिज भएको म्युजिक भिडियो वरिष्ट गीतकार अमर वांतुको शब्द ,वरिष्ट संगीतकार शान्तिराम राईको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको ‘हिड़नु पर्ने भीड़मा ‘’बोलको गीतको भिडियो निर्देशन राज्य राई देमिनको रहेको छ ।
वरिष्ठ जनवादी गायक तथा संबिधानसभा सदस्य माननीय जेवी टुहूरेको प्रमुख आतिथ्यमा संवादडवली अनामनगरमा आयोजित एक कार्यक्रममा उक्त म्यूज़िक भिडियो रिलीज़ गरिएको हो । अतिथीहरु,करातेमहासंघ महासचीव ओमकृष्ण प्रसाई,युवा राजनीतिक विश्लेशक मेखराज खाती,समाजसेवी श्याम परियार,गायक तथा संगीतकार राज सागर लगायतको बाक्लो उपस्तिथि रहेको थियो ।

जहिले पनि फरकधारबाट प्रस्तुती दिन चाहने निर्देशक देमिनले यो गीत आम मानिसलाई प्रेरणा मील्ने साथै महिला हिंसा र सफलताको संघर्षलाई बेजोडले प्रस्तुत गरेका छन । जून भिडियोको कथामा उत्रीएकी छिन जेनी शेर्पा, सन्देश राईको छायांकन तथा मनिष कार्कीको सम्पादन रहेको उक्त भीडियोलाई संग्स नेपाल मार्फत ल्याइएको छ । उक्त कार्यक्रममा प्रमुखअतिथि, विशेष अतिथिहरुबाट चौतर्फ़ी गीत र भिडियो बारे चर्चा र प्रशंसा गरीएको थियो ।

जीवन संघर्ष बारे सदैव कलम चलाउने गीतकार बांतूले राजधानिमा आफ्नो भोगाइ लेखेको बताउंदै उत्कृष्ट कथा र निर्देशन प्रति निर्देशक देमिनलाई धन्यवाद दिए १
कार्यक्रममा सहयोगीहरूलाइ प्रमुखअतिथिको हातबाट धन्यवाद पत्र समेत प्रदान गरीएको थियो १
उद्घोषिका पूजा लामा रहेकी थीइन भने सभाध्यक्ष वरिष्ट संगीतकार तथा प्राज्ञ शांतिराम राईले भीडियो ऐतिहासिक बनेको बताऊदै सबै टीमलाई बधाई दिदै अन्य प्रमुख अतिथि,विशेष अतिथिहरूलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्नको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्