च्याम्पियन्स लिग : आज लिभरपुल र बार्सिलोना भिडदै

काठमाडौं, / युरोपियन च्याम्पियनस लिग फुटबलमा सेमिफाइनलअन्तर्गत आज इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना भिडदै छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने यो खेल नेपाली समयअनुसार आज राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

यी दुई टोली एकले अर्कोलाई पन्छाएर फाइनल पुग्ने दाउमा छन् । यसअघि आफ्नो घरमा भएको पहिलो लेगको खेल बार्सिलोनाले ३–० ले जितेको थियो । तसर्थ, आज आफ्नो घरमा शानदार कमब्याक गर्नुपर्ने दबाब छ ।

यता, बार्सिलोना भने निकै सहज अवस्थामा छ । पहिलो लेगबाट ऊसँग स्पष्ट ३ गोलको अन्तर छ भने उसले लिभरपुललाई अवे गोलसमेत गर्न दिएन । तसर्थ, आज लिभरपुलको घरमा उत्रिँदा बार्सिलोनालाई सामान्य जित पनि काफी हुन्छ ।

यदि बार्सिलोनाले लिभरपुलको घरमा १ मात्रै गोल गरेको खण्डमा त्यो बेला लिभरपुललाई खेल जित्न ५ गोल अवश्यक हुन्छ । तर, यदि ९० मिनेटमा लिभरपुलले खेल ३–० ले जित्यो भने एग्रीगेटमा ३–३ हुने हुँदा खेल ३० मिनेटको थप समयमा जानेछ । त्यहाँ पनि हार–जित नभए खेल पेनाल्टीमा जानेछ । आज सालाह र फर्मिन्हो नहुँदा बार्सिलोनाको पोस्ट हान्ने जिम्मा साडियो माने, शाकिरी, डिभोक ओरिगीले पाउनेछन् ।

नेपालमा यो खेल सोनी नेटवर्क च्यानलअन्तर्गत लाइभ हेर्न सकिन्छ । ल्यापटप–कम्प्युटरबाट धधध।कयलथष्खि।अयm लगिन गरेर पनि लाइभ हेर्न सकिन्छ । त्यस्तै, मोबाइल एपबाट हेर्नेका लागि क्यलथीक्ष्ख् सबैभन्दा उत्तम विकल्प हुनेछ ।


प्रतिक्रिया दिनुहोस्