जित लिम्बुको ‘सुपारी खाँदै कुटुक्कै’ को म्युजिक भिडियो सार्वजनिक भिडियो सहित

काठमाडौं २७ बैशाख / गीतकार तथा संगीतकार जित लिम्बुको ‘सुपारी खादै कुटुक्कै लाइहालौ माया सुटुक्कै’ बोलको पुर्बेली गीत सार्वजकि भएको छ ।

‘हावा सरर’‘बज्यो लौ हरन’ ‘धानैमा नाच्नु सोल्टिनी’‘के छ समाचार’ जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गित पुर्बेली लोक भाकामा रहेको छ । गीतमा बरिष्ट गायक तथा संगीतकार कृष्णभक्त राइ र अहिलेका चर्चित गायिका सुनिता थेगीम लिम्बुको स्वर रहेको छ ।

गीतको रेकर्डिङ स्टुडियो देखिनै निक्कै रुचाइएको पुर्बेली भाकामा रहेको गीतमा प्रकाश लिम्बुले निर्देशन गरेका छन् । बीबी लिम्बु र पर्शु थलङ लिम्बु छायाँकंकन रहेको यस गीतको कोरियोग्राफर नेपाल टेलिभिजनको चर्चित रियालिटी सो छमछमीको फर्स्ट रनरअप मनिता राइले गरेकी छन् भने ड्रेस डीजाईन् द हाइल्याण्ड आर्ट ९कल्पना योङहाङ लिम्ब० र गरिमा डान्स सेन्टर धरानले गरेका छन् । यस गीतको भिडियो सुटिंङ पुर्बी जिल्ला सुनसरीको रमणीय ठाउ कोशीटापु लगायत विभिन्न ठाउमा गरिएको छ ।

बिल्कुलै फरक प्रस्तुति रहेको यस म्युजिक भिडियोमा कोरियोग्राफर तथा मोडल रमेश सुनुवार र सोनिया लिम्बुको दमदार अभिनय रहेको छ ।

म्युजिक भिडियो


प्रतिक्रिया दिनुहोस्