नेकपाले पोलिटब्युरोमा १४७ सदस्यीय टुंगो लगायो, पूर्व एमाले र माओवादीबाट को को परे ?

काठमाडौं २७ वैशाख, / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो कमिटीको टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका १४७ जना सदस्यहरुको नाम टुंगो लगाएको हो । पोलिटब्युरो सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने तयारी गरेको छ । प्रधानमन्त्री स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिक रुपमा पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ । भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किंदैछन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली भ्रमणबाट फर्केपछि स्थायी कमिटी बैठकमार्फत पोलिटव्युरो गठन र जनवर्गीय संगठन एकीकरण टुंगो लगाउने बारेमा छलफल भइरहेको एक नेताले बताए । केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्य विभाजन समेत प्रस्ताव हुनेछ । अध्यक्ष ओली फर्किएपछि बस्ने बैठकमा कार्य विभाजन, पोलिटब्युरो र जनवर्गीय संगठन एकीकरणको प्रस्ताव जाने सम्भावना रहेको महासचिव विष्णु पौडेलले बताएका छन ।

पूर्वएमालेबाट पोलिटब्युरोमा को को छन त ?

पूर्वएमालेबाट केन्द्रीय सचिवालयमा रहेका नेताहरु केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र बिष्णु पौडेल स्वत पोलिटव्यूरो सदस्य हुनेछन् भने तत्कालीन पोलिटव्यूरो ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने सम्भावना छ । त्यसैगरि स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

अनुशासन आयोग, सल्लाहकार परिषद र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडले पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

तत्कालीन एमालेको पोलिटव्यूरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रवहादुर पाण्डे नेकपामा पनि पोलिटव्यूरो हुनेछन् ।

त्यस्तै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णवहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटव्यूरो सदस्य हुनेछन् ।

यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् । दुईपटक भन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचांै महाधिवेशनकै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्यूरोमा नपुगेहरुमध्येबाट ल्याउने सहमति नेताहरुबीच भएको छ । यसअघि पोलिटब्युरो सदस्य भएका, तर नवौं महाधिवेशनमा हारेकाहरु पनि सो मापदण्डमा परेका छन् ।

नेकपामा ०४९ सालअघि नै केन्द्रीय सदस्य भइसकेका घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल यसपटक पोलिटव्यूरोको सूचीमा परेका छन् । त्यस्तै यसअघि पोलिटव्यूरो सदस्य भएका तर एमालेको नवौं महाधिवेशनमा हारेका खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह पनि यसपटक पोलिटब्युरोमा प्रस्तावित छन् ।

यी बाहेक दुईपटक वा सो भन्दा बढी केन्द्रीय सदस्य भएकामध्येबाट कृष्णगोपाल श्रेष्ठ,गुरु बराल,भानुभक्त जोशी,बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरवहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूणामणि जंगली विश्वकर्मा, सुशीला नेपाल लगायतको नाम पनि पेश भएको छ ।

स्रोतका अनुसार डा।राजन भट्टराई, खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, गोमा देवकोटा, श्रीप्रसाद साह, चन्द्रवहादुर शाही, सुजिता शक्य, नजिर मिया लगायतका नेताहरुको नाममा पनि छलफल भएको छ ।

पोलिटब्यूरो सदस्य रहने सदस्यहरुको नामबारेमा एकसरो छलफल भए पनि अन्तिम टुंगो भने लागिनसकेको महासचिव पौडेलले बताए ।

पूर्वमाओवादीमा के छ त ?

पूर्वमाओवादीबाट ६२ जना पोलिटव्यूरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन् । अरु नेताहरुलाई समेट्नेबारेमा प्रचण्डले छलफल छलफल गरेर तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानेका छन् ।

यसअघि माओवादीमा धेरै ठूला कमिटी रहेको र बिभिन्न पार्टीबाट आएकाहरुलाई पनि समेट्नुपरेकाले भद्रगोल अवस्था छ ।

सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापाा बदल, टोपवहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह पोलिटव्यूरो सदस्य हुनेछन् ।

त्यस्तै पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्यूरो सदस्य हुँदैछन् ।

त्यसैगरी पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, पर्शुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सुर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाई पनि पोलिटव्युरोमा प्रस्तावित छन् ।

यीबाहेक कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डल लगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्यूरो सदस्य बन्दैछन् ।


प्रतिक्रिया दिनुहोस्