टर स्टेगेनको भावुक सन्देश,

एजेन्सी, / स्पेनिस बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि उनले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् फ्यानहरूका नाममा
भावुक सन्देश दिएका छन् ।

टर स्टेगनेले फ्यानहरूलाई सर्वोपरी ठान्दै खुसी र निराशामा सधैं साथै हुने फ्यानहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले सन्देशमा लेखेका छन्,

‘विलम्ब सन्देशका लागि क्षमा चाहन्छु । अन्तिम खेलपछि म मेरो दिमागलाई खुला बनाउन चाहन्थें । त्यो खेलमा के–के भयो भनेर अहिले पनि म सोचमा छु । खेलपछि मैले थुप्रै सन्देशहरू पाएँ । ज–जसले हामीलाई सहानुभूति दिनुभयो र निराशाका बेला हौसला दिनुभयो, तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।

तपाईंहरू सबै धन्य हुनुहुन्छ । यो हौसलाले हामीलाई सधैं लडेका बेला उठ्न मदत गर्नेछ, अहिले हामीलाई जुन आवश्यक पनि छ । सिजन अझै सकिएको छैन । हामी अझै पनि कोपा डेल रे फुटबलको उपाधिका लागि लड्नेछौं । र, हामी यो जित्न सक्छौं ।


प्रतिक्रिया दिनुहोस्