हाजार्डको एकै सिजनमा तीन उपाधि

एजेन्सी, / इंग्लिस क्लब चेल्सीका / बेल्जियनका स्टार खेलाडी इडेन हाजार्डले चेल्सीबाट एकै सिजन तीन ठूला उपाधि जितेका छन् ।

हाजार्डले ‘चेल्सी प्लेयर अफ् द इयर’, ‘प्लेयर्स प्लेयर अफ् द इयर’ र ‘गोल अफ् द सिजन’ गरी तीन फरक–फरक विधाका अवार्ड एक्लैले जितेका हुन् । क्लबका समर्थकहरूको भोटबाट निर्णय हुने यी तीन वटै विधाका अवार्ड हाजर्डले जिते ।

यससँगै स्टार हाजार्ड कुनै पनि सिंगल क्यालेन्डरमा यी तीनवटै उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । उनले क्लबको सर्वोत्कृष्ट खेलाडीको अवार्ड भने चौथोपटक जितेका हुन् । यसअघि उनले सन् २०१४, २०१५ र २०१७ मा पनि यो अवार्ड जितिसकेका छन् ।

हाजार्डले जारी सिजन चेल्सीका प्रिमियर लिगमा १६ गोल गर्दै १५ गोलका लागि असिस्ट गरेका छन् । उनी २०१२ देखि लगातार चेल्सीबाट खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्