म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ

काठमाडौं २९ वैशाख, । म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर,काठमाडौं टेकुको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरेका छन । प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्