फुङ्लिङमा एनआईसी एशियाको २८२ औं शाखा

ताप्लेजुङ,बैशाख २९ । एनआईसी एशिया बैंक लिमिटेडले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आफ्नो २८२ औं शाखा स्थापना गरेको छ । आईतवार फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बैंकको उद्घाटन गर्नुभयो ।

बैकको उद्घाटन गर्दै नगर प्रमुख प्याकुरेलले बैंकिङ सेवा सरल,सहज र सुलभ हुन सकेमा मात्र प्रतिश्पर्धी बजारमा स्थापित हुन सक्ने बताउनुभयो । उहाँले सेवा भरपर्दो र जनमैत्री हुन सकेमा यसको प्रभावकारिता माथि सेवाग्राही बिश्वास राख्ने जनाउनुभयो । २२ औं बार्षिक उत्सव मनाउन लागेको बैंकले अहिले सम्म १६ लाख भन्दा बढी सदस्यलाई आफ्नो ग्राहक सेवामा आबद्ध गरेको जनाएको छ । एनआईसी एशिया बैंक लिमिटेड दमक उप–प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार यो बैंक नेपालमा सबैभन्दा बढी शाखा रहेको बैंकिङ सेवा प्रदायक निकाय हो ।

४० वटा स्टेशन काउन्टर,२६ वटा बिस्तारित काउन्टर र २५ वटा शाखा रहित बैंकिङ् सेवा सञ्चालन रहेको एनआईसी एशियाले केहि समय भित्रै ४ सय वटा शाखा स्थापना गरेर सेवा प्रदान गर्ने लक्ष्य लिईरहेको उहाँले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश अधिकारीले मन्तब्य राख्दै उद्योगी–व्यवसायी र बैंकिङ्क सेवा प्रदायक निकाय बिच हुने सम्वन्धका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले प्रतिश्पर्धी बैंकिङ्क बजारमा प्रभावकारी सेवा बितरण आफ्नो सञ्जाल प्रभावकारी बनाउने ठूलो सुत्र बन्ने आसा लिनुभयो ।

कार्यक्रममा फुङ्लिङ उपप्रमुख बमबहादुर भट्टराई(तारा),जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सञ्जयसिँह थापा,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेड क्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणि ढकाल,बैंक तथा बित्तिय संस्था प्रमुख एवम् सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । एनआईसी एशियाको यो उपस्थिति सँगै फुङ्लिङमा निजी क्षेत्रका ११ वटा बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । सरकारी स्वामित्वको भने नेपाल बैंक लिमिटेड मात्र सञ्चालनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्