अब जनमुक्ति पार्टीले ‘सुनौं ,बुझौं र जुटौं ‘अभियान थाल्नेछ : राज्य खम्बु

काठमाडौं २९ वैशाख । राष्ट्रिय जनमुक्ति पार्टीले अब मंसिर पहिलो साता छैठौं महाधिवेसन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा शुक्रबार पार्टी अध्यक्ष केपी पालुङ्गवाको अध्यक्षतामा बसेको केन्द्रिय कार्य समितिको बैठकले आउने मंसिर ४ देखि ७ गतेसम्म धरानमा छैठौं महाधिवेसन गर्ने निर्णय गरेको हो ।


बैठकले हालै मात्र लोक जनशक्ति पार्टीसँग भएको दुई दल बीचको एकता सहमति तथा अन्य राजनैतिक दल बाट प्रवेश गरेको नेता कार्यकर्ताहरुको जिम्मेवारी टुङ्ग्याउन्दै पद तथा जिम्मेवारी प्रदानको निर्णय पनि गरेको छ । तसर्थ सुचना तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पार्टी उप महासचिव मेखराज परियार,दलित विभाग प्रमुख श्याम परियार र लामो समयदेखि राजनीति बाट निस्क्रिय रहेका विचारसिल युवा नेता राज्य राइ देमिन अर्थात राज्य खम्बुलाई संघीय परिषद सदस्य तथा सास्कृतिक मंच केन्द्रिय महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सो केन्द्रिय कार्य समितिको बैठक मै मेखराज परियार र राज्य खम्बुललाइ पार्टी केन्द्रिय अध्यक्ष केपी पालुङ्गाले सपथ गराए संगै सर्वसम्मतले जिम्मेवारी प्रदान गरिएको थियो
उक्त सपथ ग्रहण र जिम्मेवारी प्रदान पश्चात बोल्दै राज्य खम्बुले ” अब कुनै पनि पार्टीको मेरुदण्ड भन्नु नै संगठन हो ,२८ वर्षे जनमुक्तिको यात्रामा भएका कमि कमजोरीलाई पन्छाउन्दै नयाँ धार बाट ‘सुनौं ,बुझौं र जुटौं ‘महाअभियान ल्याउँदै आगामी चुनावको दह्रिलो तयारि गर्नुपर्दछ र गरिनेछ । नयाँ विचार बीच मन्थन हुनेछ र उत्कृष्ट विचारधारको निर्माण संगै नेपालि जनताको हित ,देशमा भएका मूल जातीय,लिंगीय,क्षेत्रीय मुद्दा र समस्याहरुलाई पूर्ण समाधानको एउटै जनताको भरोसाको पार्टी जनमुक्ति हुनेछ “भने ।
उक्त कार्यक्रममा अन्य नेताहरुले पनि आ(आफ्नो विचार राखेका थिए । यसैगरी सो बैठकले राष्ट्रमा महामारीको रुपमा रहेको भ्रष्टाचारको अन्त्यको लागि राष्ट्रव्यापी अभियान चलाउने निर्णय पनि गरेको छ । सो बैठकले अभियान सम्पन्न गर्न महासचिव केशव सूर्यवंशीलाई जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्